HELEN KELLER
TILL THE END OF THIS ARTICLE YOU WILL KNOW:
1. WHO WAS HELEN KELLER?
2. WHAT DID HELEN KELLER DO?
3. WHAT IS HELEN KELLER KNOWN FOR?
Let Us Read The Biography of Helen Keller
संसारमा जन्मदेखिनै आँखा नदेख्ने मानिसहरु धेरै छन्। बोल्न र सुन्न नसक्ने मानिसहरु पनि थुप्रै छन्। जन्मदै वा कुनै दुर्घटनाको कारण हात र खुट्टा गुमाउने मानिसहरु पनि धेरै छन्। यस्ता मानिसहरुलाई कतिपय समाजमा हेलाको हेराइले हेरिन्छ।यस्ता व्यक्तिले केहि गर्न सक्दैनन् र यिनीहरुसँग केहि क्षमता पनि हुदैनन् भन्ने गलत विचार धेरै मानिसहरुको हुन्छन्। तर, यसको अपवाद हुन् हेलेन केलर। उनि फरक क्षमता भएका सम्पूर्ण व्यक्तिहरुको प्रेरणाकी स्रोत हुन्।हेलेन केलरको जन्म अमेरिकाको अल्बामा राज्यमा पर्ने तुस्कुम्बिया भन्ने ठाउँमा सन् १८८० जुन २७ मा भएको थियो। हेलेन केलरको आमाको नाम केट एडम्स केलर थियो र पिताको नाम अर्थर एच केलर थियो। हेलेन केलर आफ्नो मातापिताका पहिलो सन्तानका रुपमा जन्मेका थिए। उनी जन्मँदा स्वस्थ थिइन्। तर, अचानक दुई वर्षमा उनी बिरामी भइन्। त्यही बिरामीको कारण उनले आफ्नो सुन्ने क्षमता गुमाइन्। उनी दुवै आँखाले देख्न नसक्ने भईन र उनको बोलि पनि बन्द भयो। त्यसपछि हेलेनको जिवन धेरै कठिन भयो।
हेलेनको औपचारिक शिक्षाको आरम्भ अर्थात् सुरुवात सन् १८९० देखि भयो। त्यतिबेला उनी १० वर्षको थिइन्। सुन्न,बोल्न, र लेख्न नसक्नेहरुको लागि बोस्टन स्थित खोलिएको होरेस मन स्कूल फर डेफ्ट र क्याम्ब्रिज स्कूलले हेलेनको ज्ञानको क्षितिजलाई फराकिलो बनाउन महत्वपू र्ण भूमिका खेलेको छ। यसरि हेलेन असहाय र ज्ञान नभएको बालिकाबाट शक्तिशाली र बाहादुर नारी भइन्।
२०औं शताब्दीमा हेलेनले विभिन्न सामाजिक सङ्घ संस्थामा सामेल भएर समाज सेवामा सक्रिय (Active) भइन्। आफ्नो समाज सेवाको अभियानलाई चर्चित बनाउन उनले जर्ज केसलर्को सहायतामा सन् १९१५ मा हेलेन केलर इन्टर्नेशनल नामक संस्थाको स्थापना गरिन्। भोकमरीका कारण दु:खी जिवन बिताउने बाध्य परेका व्यक्तिहरुलाई गाँस, बास र कपासको व्यवयस्था गर्नु नै यो संस्थाको उद्देस्य थियो। अमेरिकाका विभिन्न सामाजिक सङ्घ संस्थाको सहकार्यमा उनले आफ्नो समाज सेवी अभियान सफल बनाइन्। हेलेनले आफ्नी शिक्षिका एनी र उनका श्रीमान्को सहायताले 'The Story Of My Life' नामक किताब प्रकाशित गरिन्। यस किताबमा उनले आफ्नो जिवनमा भोग्नुपरेका दु:ख, पीडा र संघर्षलाई प्रस्तुत गरेकी छिन्। हेलेनले लेखेकी यो किताब विश्वमानै धेरै चर्चित छ। ४०० भन्दा बढी भाषामा यो किताबलाई अनुवाद गरिएको छ। 'Out Of The Dark' उनको अर्को चर्चित निबन्ध सङ्ग्रह हो। सन् १९७५ मा टेलिभिजनमा 'The Miracle Worker' नाटक द्वारा हेलेन केलरको जिवन कथा प्रस्तुत गरिएको थियो।
Please Do Not Comment Any Spam Link